FAQs Complain Problems

बालदिवसको उपलक्ष्यमा गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन‍्न

३९ औं राष्ट्रिय बाल दिवस तथा राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा बकैया गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय माध्यामिक विद्यालय हाजिरी जवाफ प्रतियोगित सम्पन्न भएको छ । प्रतियोगितामा बकैया गाउँपालिका भित्र रहेका विभिन्‍न ९ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा बकैया गाउँपालिका वडा नं ४ मा रहेको महेन्द्र माध्यामिक विद्यालय प्रथम, बकैया गाउँपालिका वडा नं १२ मा रहेको कान्ती माध्यामिक विद्यालय द्वितिय, बकैया ७ मा रहेको जनक माध्यामिक विद्यालय तृतिय र बकैया गाउँपालिका वडा नं ५ मा रहेको प्रभात माध्यामिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितमा प्रथम द्वितिय तृतिय र सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यालयलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्ने क्रममा संचालन गरिएको पुरस्कार वितरण समारोहको अध्यक्षता गाउँपालिका अध्यक्ष दामोदर खनालले गर्नुभएको थियो । उक्त समारोहमा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष खनालले गाउँपालिकाको कार्यक्रमलाई सफल बनाइदिएकोमा सहभागी सबै टिमलाई धन्यवाद ज्ञापन गर्नुको साथै गाउँपालिकाले आगामि दिनमा अन्य रोचक प्रकृतीका कार्यक्रमहरु संचालन गरेर विद्यार्थीहरुको अतिरिक्त ज्ञान अभिवृद्धिको लागी उल्लेख भुमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

आर्थिक वर्ष: