FAQs Complain Problems

संक्षिप्त परिचय

बकैया गाउँपालिकाको संक्षिप्त परिचय :

बकैया गाउँपालिका ३९३‍.७५ बर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकाे छ । मकवानपुर जिल्लाकाे दक्षिण पूर्वि भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र बकैया-३, हात्तीसुँडेमा रहेकोे छ । यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका  गा. वि. स. हरुलाई मिलाएर वनाइएको हो । यस गाउँपालिका अन्र्तगतका साविक गा. वि. स. हरुमा धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन छन् । भौगोलिक रुपमा विकट भएकोले आवश्यक पूर्वाधारको अवस्था कमजोर नै छ । शिक्षा, स्वास्थ्य, गरिवी तथा अन्य सुचकहरु कमजोर देखिन्छ । तामाङ्ग जातिको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ ।

समावेश भएका साविकका  गा.वि.स.हरु   धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन गा.वि.स.

केन्द्र : साविकको छतिवन गा.वि.स.                                               वडा संख्या : १२

सीमाना : पूर्व : वाग्मती गाउँपालिका    पश्चिम : हेटौडा उ.म.न.पा. र मकवानपुरगढी  गाउँपालिका   उत्तर : ललितपुर जिल्ला  र भिमफेदी गाउँपालिका      क्षिण : रौतहट र बारा जिल्ला            

 

 

 

 

 

 

 

 

 

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.